चारदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि कुवेतविरुद्ध खेलिरहेको नेपालले खराब लयलाई कायमै राखेको छ। १३औँ ओभर जारी रहँदा नेपालले ७ विकेट गुमाइसकेको छ। नेपालले ७७ रन मात्रै बनाएको छ।
नेपालले सातौँ विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो। उनी १२.३ ओभरको खेल चलिरहँदा नवीनराजको बलमा ६ बलमा ९ रन बनाएर आउट भए।
नेपालले छैटौँ विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको थियो। सोमपाल १०.२ ओभरमा ६ बलमा ४ रन आउट भएका थिए।
त्यसअघि पाँचौँ विकेटको रुपमा नवीनराजको बलमा कप्तान रोहितकुमार पौडेल आउट भएका थिए। ८.३ ओभरमा नवीनराजको बलमा पौडेल आउट भएका हुन्। उनले १५ बल सामना गरेर मात्र ७ रन बनाउन सके।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङ थालेको नेपालले ११ ओभर जारी रहँदा सकिँदा ६ विकेट गुमाएको हो। नेपालले ६५ रन बनाएर खेलिरहेको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेल ७ बल खेल्दा ३ रनमै आउट भए। आसिफ शेखले ११ बलमा २१ रन जोडे। कुशल मल्ल पहिलो बलमै आउट भए। दीपेन्द्र सिंह ऐरीले पनि रनको खाता नै खोल्न सकेनन्।
अहिले करण केसी र बसिर अहमद क्रिजमा छन्। लिग चरणमा नेपालले कुवेतलाई ६ विकेकटले पराजित गरेको थियो।
Shares

प्रतिक्रिया