राजनीति


बहुमत आउन गाह्रो भए पनि यो संविधान सबैलाई मिलाउन सक्ने छ : देउवा

बहुमत आउन गाह्रो भए पनि यो संविधान सबैलाई मिलाउन सक्ने छ : देउवा

फाइल तस्बिर


नेपालखबर
चैत ३१, २०८१ आइतबार १४:११, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अहिलेको संविधान अनुसार कुनै पनि दलको बहुमत आउन गाह्रो भए पनि यो सवैलाई मिलाएर लैजाने खालको भएको बताएका छन्। 

आइतबार नेपाल मुस्लिम संघको इद मिलन कार्यक्रममा सम्बोधन गर्दै उलने नेपालको संविधान समावेशी समेत भएको जिकिर गरे। ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ, बहुमत आउन गाह्रो भएता पनि सबैलाई मिलाउन सक्ने यो संविधान छ,’ देउवाले भने, ‘नेपालको संविधान पुरा रुपमा समानुपातिक, समावेशी संविधान छ। यसमा जनजाती, आदिवासी, मुस्लिम, थारु, महिला लगायत सबैको समावेशिता छ।’

उनले आफ्नो पार्टीको विधान पनि संविधान जस्तै समावेशी भएको दाबी गरे। देउवाले भने, ‘हाम्रो पार्टीभित्र पनि समानुपातिक, समावेशी विधान छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad