च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इङ्लिस क्लब एस्टन भिल्ला फ्रेन्च क्लब पीएसजीसँग ३–१ ले पराजित भएको छ।
पार्क डेस प्रिन्सेसमा भएको पहिलो लेगमा फराकिलो अन्तरमा पराजित भएसँगै एस्टन भिल्लाको सेमिफाइनल सम्भावना पनि कमजोर बनेको छ।
खेलमा अग्रता भने एस्टन भिल्लाले लिएको थियो। ३५ औँ मिनेटमा मोर्गन रोगर्सको गोलमा अग्रता लिएपनि पाहुना टोलीले त्यसलाई जोगाउन सकेन। घरघेलु टोली पीएसजीले पहिलो हाफमा बराबरी गोल फर्कायो।
डेसिर डोउले ३९ औँ मिनेटमा टोलीलाई बराबरीमा लगे। दोस्रो हाफमा घरेलु टोली थप हाबी भयो। ख्विचा क्वारत्सखेलियाले दोस्राहाफको सुरुमै अग्रता दिलाए।
४९ औँ मिनेटमा २–१ बनाएको पएिसजीलाई नुनो मेन्डेसले गोल गर्दै सेमिफाइनल नजिक पु¥याएका हुन्। अब पीएसजीले अर्को साता दोस्रो लेग एस्टन भिल्लाको मैदानमा खेल्नेछ।
Shares

प्रतिक्रिया