खेल


एनएसएल : पोखरा पहिलो पटक चितवनसँग पराजित (तस्बिरहरू)

एनएसएल : पोखरा पहिलो पटक चितवनसँग पराजित (तस्बिरहरू)

सरोज नेपाल
चैत १८, २०८१ सोमबार २०:४५, काठमाडौँ

पोखरा थन्डर्सलाई पराजित गर्दै एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ।

दशरथ रगंशालामा सोमबार भएको खेलमा चितवनले पोखरालाई २–० गोल अन्तरले पराजित गर्दै एनएसएलमा सुखद सुरुवात गरेको हो।

एनएसएलको तेस्रो संस्करणमा आइपुग्दा चितवनले पहिलो पटक पोखरालाई पराजित गरेको हो। यसअघिका दुई भेटमा चितवन पोखरासँग पराजित भएको थियो।

पहिलो हाफको १५ औँ मिनेटमा नोदीर माभलोनोभको गोलमा चितवनले सुरुवाती अग्रता बनाएको थियो।

खेलमा पोखराले चितवनमाथि केही दबाब बनाएपनि फिनिसिङमा भने कमजोर देखियो।

इन्ज्युरी समयमा निरज चौधरीको गोलमा चितवनले अग्रता दोब्बर पार्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका निरजले बललाई उत्कृष्ट फिनिसिङ दिदै चितवनको अग्रता दोब्बर पारे।

लिगमा मंगलबार बुटवल लुम्बिनी एफसी र धनगढी एफसी भिड्नेछन्। सो खेल साँझ ६ बजे सुरु हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad