भुटानको थिम्पुमा जारी ५ औँ भारत–भुटान मैत्री–टेनिस प्रतियोगितामा राप्रपाका अध्यक्ष कमल थापा सेमिफाइनल प्रवेश गरेका छन्।
४५ वर्ष माथि उमेर समूहको भेट्रान्स क्वार्टर फाइनलमा थापाले भुटानका लोडे जामत्सोलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे।
शुक्रबारै भएको अर्को खेलमा मेन्स सिंगल्सको क्वार्टर फाइनलमा नेपालका एवन लिसानेविचद्वारा भुटानका निडुप गेलस्थेन ६–२ र ६–१ को सोझो सेटमा पराजित भए।
नेपालकी असलेषा लिसानेविच भने लेडिज सिंगल्सको सेमिफाइनलमा भारतकी सिविका बर्मनसँग ६–३ र ६–२ मा पराजित भएकी छन्।
यसअघि मंगलबार भएको पहिलो राउण्डमा कमल थापाले भुटानका टासी दोर्जेलाई र बुधबार भुटानकै यसे जामत्सोलाई हराएका थिए।
नेपालको तर्फबाट मेन्स (पुरुष) सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५ प्लस सिंगल्समा कमल थापा, चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।

प्रतिक्रिया