लेरोय सानेको दुई गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि होडलाई थप बलियो बनाएको छ।
शनिबार राति भएको खेलमा बायर्नले एसटी पाउलीमाथि ३–२ को जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ।
बायर्नको जितमा सानेले दुई तथा ह्यारी केनले एक गोल गरे।
पहिलो हाफको १७ औँ मिनेटमा माइकल ओलिसको क्रसमा ह्यारी केनको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको २७ औँ मिनेटमा एलियास साडको गोलमा पाउली खेलमा फर्किएको थियो।
खेलको ५३ औँ मिनेटमा सानेको गोलमा बायर्नले पुनः अग्रता बनायो। सानलेले माइकलकै पासमा गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए।
७१ औँ मिनेटमा केनको पासमा सानेले गोल गर्दै बायर्नलाई ३–१ को अग्रता दिलाए। खेलको इन्ज्युरी समयमा लार्स रितिज्काले गोल फर्काएपनि टोलीको हार टार्न सकेनन्।
जितसँगै बार्यनले शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ। २७ खेलबाट ६५ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ। दोस्रो स्थानको बायर लिभरकुसेनको समान खेलबाट ५९ अंक छ।
Shares

प्रतिक्रिया