एएफसी एसियाकप छनोटमा नेपाल र मलेसिया भिडिरहेका छन्।
मलेसियाको सुल्तान इब्राहिम स्टेडियममा पहिलो हाफ सकिँदा नेपाल १–० ले पछि परेको छ।
मलेसियाका लागि हेक्टर हेभलले २९ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।
एसियाकप छनोटमा नेपाल समूह एफमा छ। यो समूहमा नेपाल र मलेसियासँगै भियत्नाम र लाओस छन्। भियत्नामले लाओसलाई ५–० ले पराजित गरेको छ।
सुखद सुरुवातको लक्ष्यमा रहेको नेपाल भने खेलको सुरुवातबाटै पछि परेको हो।
सिंगापुरसँग मैत्रिपूर्ण खेल खेलेर नेपाल मलेसिया पुगेको हो।
615
Shares

प्रतिक्रिया