खेल


रोनाल्डो पेनाल्टीमा चुके पनि पोर्चुगल सेमिफाइनलमा

रोनाल्डो पेनाल्टीमा चुके पनि पोर्चुगल सेमिफाइनलमा

नेपालखबर
चैत ११, २०८१ सोमबार ११:१८, काठमाडौँ

कप्तान क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुके पनि पोर्चुगल रोामाञ्चक जितसहित नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

डेनमार्कसँग पहिलो लेगमा १–० ले पछि परेको पोर्चुगलले घरेलु मैदानमा ५–२ को जितसहित समग्रमा ५–३ ले विजयी भयो। 

रोमाञ्चक भिडन्तमा पोर्चुगलले खेलको छैठौँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो। तर उसका कप्तान रोनाल्डोले गोल गर्न सकेनन्।
क्वार्टरफाइनलको निर्धारित ९० मिनेट ३–३ को बराबरीमा सकिएको थियो। फ्रान्सिस्को ट्रिन्काओले अतिरिक्त समयको केही सेकेन्डमै घरेलु टोलीलाई अगाडि बढाए।

वैकल्पिक खेलाडी गोन्कालो रामोसले पाँच मिनेट बाँकी रहँदा अर्को गोल थपेका थिए।  नाटकीय प्रतिस्पर्धामा, प्याट्रिक डोर्गुले रोनाल्डोलाई डिबक्समा लडाएपछि  पोर्चुगलले सुरुमै पेनाल्टीको अवसर पाएको थियो। तर स्माइचेलले पोर्चुगलका कप्तानको प्रयासलाई रोक्न सफल भए। 

फुलह्यामका डिफेन्डर जोआकिम एन्डरसनले ब्रुनो फर्नान्डेसको कर्नरलाई आफ्नै पोष्टतर्फ हेड गरे। 

त्यसपछि रासमस क्रिस्टेनसेनको ब्याक–पोस्ट हेडरले खेललाई १–१ को बराबरीमा ल्यायो। डेनमार्कले समग्र २–१ ले अग्रता बनायो। 
तर त्यसलाई रोनाल्डोले ७२ औ मिनेटमा बराबरी गरे। त्यसको चार मिनेटपछि फेरि क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई ३–२ को अग्रता दिलाए। 

ट्रिन्काओले ८६ औँ मिनेटमा फेरि हार नजिक पुगेको पोर्चुगललाई उद्धार गरे। त्यसपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलियो। जसमा पोर्चुगलले २ गोल थप्दै सेमिफाइनल सुरक्षित गर्‍याे।

९१ औँ मिनेटमा ट्रिन्काओ र ११५ औँ मिनेटमा रामोसले गोल गरे। अब पोर्चुगलले सेमिफाइनलमा जर्मनीको सामना गर्नेछ। जर्मनी इटालीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad