खेल


आईपीएलमा आज हैदरावाद र राजस्थान भिड्दै, सर्वाधिक सफल चेन्नई र मुम्बई खेल्ने

आईपीएलमा आज हैदरावाद र राजस्थान भिड्दै, सर्वाधिक सफल चेन्नई र मुम्बई खेल्ने

नेपालखबर
चैत १०, २०८१ आइतबार १५:१४, काठमाडौँ

इण्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्ने भएका छन्। नेपाली समयअनुसार आइतबार दिउँसो पौने ४ बजे यी दुई टोली राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आमनेसामने हुनेछन्। 

हैदरावाद प्याट कमिन्सको कप्तानीमा उत्रिँदा राजस्थानको नेतृत्व सन्जु सामसनले गर्नेछन्। अष्ट्रेलियन कमिन्स भारत बाहिरका एक मात्रै कप्तान हुन्। यो सिजन बाँकी ९ वटै टोलीले भारतीय खेलाडीलाई नै कप्तानी सुम्पिएका छन्। 

हैदरवाद र राजस्थानले समान एक-एक पटक आईपीएल उपाधि जितेका छन्। हैदरावादले सन् २०१६ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। त्यसको ८ वर्ष पहिले नै उपाधि जितेको राजस्थान पनि त्यसयता उपाधिबिहिन छ। राजस्थानले २००८ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै पहिलो पटक उपाधि चुमेको थियो। 

दुवै टोली दोस्रो उपाधिको खोजिमा छन्। आइतबार राति पौने ८ बजे दिनको दोस्रो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन्। चेन्नईको एमए चिदम्बरम रंगशालामा सर्वाधिक विजेता दुवै टोली टोली छैटौँ उपाधिको दौडमा छन्। मुम्बई २०२० पछि र चेन्नई २०२३ पनि उपाधि थप्ने लक्ष्यमा छन्। 

चेन्नईको कप्तानी रुतुराज गाइकवाड र मुम्बईको हार्दिक पाण्ड्याले सम्हाल्नेछन्। दुवै कप्तान भारतीय नै हुन्। हार्दिक पाण्ड्याले आफ्नै कप्तानीमा एक पटक उपाधि जितिसकेका छन्। सन् २०२२ मा गुजारट टाइटन्सलाई उपाधि जिताउँदा हार्दिक कप्तान थिए। 

आईपीएलको उद्घाटन खेलमा शनिबार बेलुका रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। १७ औँ संस्करणसम्म उपाधिबिहिन बेंगलुरु विराट कोहलीका साथमा उपाधिको खोजिमा छ। कोलकतालाई ३८ बलअघि नै ८ विकेटले पराजित गर्दा विराटले नटआउट सर्वाधिक ५९ रन बनाए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad