केलियन एमबाप्पेको कप्तानीमा रहेको फ्रान्स क्रोएसियासँग पराजित भएको छ।
शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनलको पहिलो लेगमा क्रोएसियाले घरेलु मैदानमा २–० को जित निकालेको हो।
क्रोएसियाले दुवै गोल पहिलो हाफमा गर्याे। २६ औँ मिनेटमा एन्टे बुडिमिरको हेडर फ्रान्सका गोलकिपर माइक मैग्ननलाई लागेर गोलमा परिणत भयो ।
टोटेनह्यामका पूर्व विंगर इभान पर्सिचले पहिलो हाफको थप समयमा बार च्याप्दै गरेको गोलले अग्रता दोब्बर भयो। त्यसअघि नै ८ औँ मिनेटमा क्रोएसियाले पेनाल्टीमा गोल गर्न असफल भएको थियो। आन्द्रेज क्रामारिकको पेनाल्टीलाई फ्रान्सका गोल रक्षक मैग्ननले आफ्नो खुट्टाले बचाए।
त्यसपछि एमबाप्पेको टोली निक्कै हतास देखियो। रियल म्याड्रिडका लागि आफ्नो डेब्यू सिजनमा २० ला लिगा गोल गरेका एमबाप्पे छ महिनाको अनुपस्थिति पछि फ्रान्सेली टोलीमा फर्किएका थिए।
तर खेलमा छ प्रहार गरे पनि उनले गोल गर्न सकेनन्।
जुन नतिजाले अब आइतबार स्टेड डे फ्रान्समा हुने दोस्रो लेगमा पुर्नरागमन गरेर सेमिफाइनलको यात्रा तय गर्न कठिन बनेको छ।
Shares

प्रतिक्रिया