खेल


५६ वर्षपछि न्युक्यासललाई घरेलु उपाधि

५६ वर्षपछि न्युक्यासललाई घरेलु उपाधि

नेपालखबर
चैत ४, २०८१ सोमबार ५:५२, काठमाडौँ

लिभरपुललाई हराउँदै न्युक्यासल युनाइटेडले काराबाओ कपको उपाधि जितेको छ।

आइतबार राति वेम्बेली स्टेडियममा भएको लिग कपको फाइनलमा लिभरपुलविरुद्ध २–१ को जित दर्ता गर्दै न्युक्यासलले ५६ वर्षपछि पहिलोपटक घरेलु उपाधि हात पारेको हो। 

सन् १९६९ मा इन्टर–सिटीज फेर्यस कप र सन् १९५५ को एफए कपपछि न्युक्यासलले पहिलोपटक घरेुल प्रतियोगितामा सफलता पाएको हो। सन् १९५५ को एफए कपको उपाधि जितेपछि नयुक्यासलले लगातार नौ हार बेहोरेको रंगशालामा उत्सवको वातावरण बन्यो। 

पहिलो हाफको ४५औँ मिनेटमा ड्यान बर्नको गोलमा न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अघि भएको न्युक्यासलले दोस्रो हाफमा १ गोल थप्यो। तर इन्ज्युरी समयमा लिभरपुलले गोल फर्काएपछि न्युक्यासल केही तनावमा परेको थियो। 

५२ औँ मिनेटमा अलेक्ज्यान्डर इसाकको गोलमा न्युक्यासलले अग्रता दोब्बर पार्‍यो।

इन्ज्युरी समयको चौथो मिनेटमा वैकल्पिक खेलाडी फेडेरिको चिएसाको गोलमा लिभपुरले खेलमा फर्कने संकेत गरे पनि निकै ढिला भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad