खेल


नेपाल आइपुगे विश्व विजेता बफोन [तस्बिरहरू]

नेपाल आइपुगे विश्व विजेता बफोन [तस्बिरहरू]

सरोज नेपाल
फागुन १८, २०८१ आइतबार १६:२६, काठमाडौँ

फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन्।  इटालीका पूर्वकप्तानसमेत रहेका बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आइपुगेका हुन्। 

उनलाई केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। 

ओली कपको तेस्रो संस्करणको फागुन १९ गतेसम्म हुँदैछ। प्रतियोगिताको फाइनल खेलको अवलोकन लागि बफोन काठमाडौंमा आइपुगेका हुन्। 

सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका छन्।  बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए। 

उनले नेपाल आउन पाउँदा र नेपाली जनता भेट्न पाउँदा खुसी लागेको बताए। यहाँको विभिन्न सांस्कृतिक गतिविधि हिमालबारे उनले आफूले सुनेको पनि सुनाए। 

आफूलाई निमन्त्रणा गर्ने आयोजकलाई उनले धन्यवाद पनि दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad