घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन्।
पहिलो हाफको सकिँदा दुवै टोलीबाट गोल हुन सकेको छैन। आजको खेलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारविरुद्धको अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन्।
आजको खेलमा नियमीत कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा सुरुवाती ११ मा मैदानमा छिन्। फरवार्ड रश्मी कुमारी घिसिङको ठाउँमा रेखा पौडेल पहिलो रोजाइमा छिन्।
म्यानमारले भने नेपालविरुद्धको अघिल्लो खेलबाट टोलीमा ८ खेलाडी परिवर्तन गरेको छ। आजको खेलमा मैदान भरिभराउ छ। आज खेल जिते नेपालले उपाधि खडेरी तोडिनेछ।
खेलमा दुवै टोलीले उत्कृष्ट अवसरहरू बनाए पनि बलले जाली भने चुमेको छैन।














510
Shares

प्रतिक्रिया