समाज


पाल्पामा जन्मिएका सारू बेलायत ननिटनको मेयरमा मनोनित

पाल्पामा जन्मिएका सारू बेलायत ननिटनको मेयरमा मनोनित

नेपालखबर
फागुन १४, २०८१ बुधबार १८:४२, काठमाडौँ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एन्ड बेडवर्थ बरोको मेयर पदमा मनोनित भएका छन्।

गत वर्ष मे महिनामा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका उन्सिलरमध्येबाट मेयर पदमा मनोनित भएका हुन्।

लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका उन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उनी मेयरमा मनोनित भएका हुन्।

उनी यसअघि उपमेयर चुनिएका थिए।

अब आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उनले मेयर नियुक्त भई पदभार ग्रहण गर्नेछन्।

बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाको तर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनित हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भने, “औपचारिक रूपमा मेयरको शपथ मेमा हुन्छ। खुसीको क्षण हो, बेलायतमा गार्खाहरूको योगदानलाई थप उचाइमा पुर्‍याउने अवसर मिलेको छ।”

काउन्सिल इतिहासमा उनी पहिलो गोर्खा मेयर बन्न लागेका हुन्। सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन्।

मेयर हुने पक्का भएपछि उनले भने, “नेपाली भएर पनि बेलायतमा राजपरिवारकोतर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु।”

झण्डै तीन दशक ब्रिटिश आर्मीमा सेवा गरेका मगर हाल ब्रिटिस गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन्। सारू रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त भएका हुन्।

बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहनुभएका सारू पाल्पामा जन्मिएका हुन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad