खेल


फाइनल खेल सुरु हुनु डेढ घण्टाअघि नै रंगशाला भरिभराउ [तस्बिरहरू]

फाइनल खेल सुरु हुनु डेढ घण्टाअघि नै रंगशाला भरिभराउ [तस्बिरहरू]

सरोज नेपाल
फागुन १४, २०८१ बुधबार १७:१२, काठमाडौँ

आज चार दे‍शीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनल खेल हुँदैछ। खेल साँझ ६ बजे सुरु हुनेछ। तर, दशरथ रंगशाला नेपाल र म्यानमारबीचको खेल हेर्नका लागि खेल सुरु हुनु डेढ घण्टाअघि नै भरिभराउ भइसकेको छ।  तर, ४:३० बजे नै रंगशाला भरिभराउ भएको हो। 

आजको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाँदैछन्।  समूहचरणको खेलमा दुवै टोली अपराजित हुँदै फाइनल पुगेका हुन्। यी दुई टोली फाइनल अघि पनि खेलेका थिए। लिगचरणको अन्तिम रहेको उक्त खेल २-२ को बराबरीमा टुंगिएको थियो। 

आज खेलका लागि भीआईपी र साधारण गरेर टिकट वितरण गरिएको छ। अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार नेपाल र म्यानमारबीच आज हुने फाइनल खेल लागि भीआईपी सिटका लागि २ हजार रुपैयाँ र साधारण सिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। 

लिगमा भीआईपीतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएको थियो। त्यस्तै फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने एन्फाले जनाएको छ।   

च्याम्पियनसिपमा लेबनान, ताजकिस्तान र म्यानमार पनि सहभागी थिए।  आजको फाइनल खेल निर्धारित ९० मिनेटको समयमा बराबरी भए ३० मिनेट अतिरिक्त समय थपिनेछ। थप समयमा पनि बराबरी भएपछि बल्ल खेल ट्राइबरेकरमा धकेलिनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad