खेल


सेमिफाइनल पहिलो लेगमा बार्सिलोना र एथलेटिको मड्रिडको रोमाञ्चक बराबरी

सेमिफाइनल पहिलो लेगमा बार्सिलोना र एथलेटिको मड्रिडको रोमाञ्चक बराबरी

नेपालखबर
फागुन १४, २०८१ बुधबार ७:४८, काठमाडौँ

कोपा डेल रे को सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बार्सिलोना र एथलेटिको मड्रिडले रोमाञ्चक बराबरी गरेका छन्।

गएराति बार्सिलोनको घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एथलेटिकोले ४–४ को बराबरी गरेका हुन्। 

गोलको वर्षा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना खेलको पहिलो मिनेटमै पछि पर्‍यो। 

खेलको छैटौँ मिनेटमै २–० ले पछि परेको बार्सिलोनाले पुनरागमन गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएको थियो। 

तर खेलको दोस्रो हाफको अन्तिम समयमा एथलेटिकोले दुई गोल गर्दै खेललाई ४–४ को रोमाञ्चक बराबरीमा ल्यायो।

सेमिफाइनलको दोस्रो लेग अप्रिलमा हुनेछ। 

कोपा डेल रे को दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राति रियल मड्रिड र रियल सोसिडाड भिड्दैछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad