खेल


हारको सिलसिला तोड्दै चेल्सी शीर्ष चारमा

हारको सिलसिला तोड्दै चेल्सी शीर्ष चारमा

नेपालखबर
फागुन १४, २०८१ बुधबार ७:५९, काठमाडौँ

प्रिमियर लिगमा पुछारको क्लब साउथह्याम्पटनलाई हराउँदै चेल्सी शीर्ष चारमा फर्किएको छ। 

गएराति स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा हारको सिलसिला तोड्दै चेल्सी शीर्ष चारमा फर्किएको हो। 

घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४–० को फराकिलो अन्तरले हराएको हो। 

पहिलो हाफको २४औँ मिनेटमा क्रिस्टोफोर एनकुन्कुको गोलमा चेल्सीले सुरुवाती अग्रता बनाएको थियो।

खेलको ३६औँ मिनेटमा एनकुन्कुको पासमा पेड्रो नेटोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफको ४४औँ मिनेटमा लेवी कोलविलको गोलमा चेलसीले पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता लियो। 

खेलको ७८औँ मिनेटमा मार्क कुकुरेल्लाको गोलमा चेल्सीले ४–० को फराकिलो जित दर्ता गरेको हो। 

जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लेको हो। चेल्सीले लिगको २७ खेलबाट ४६ जोडेको छ।

एक खेल कम खेलेको म्यानेचेस्टर सिटी ४४ अंकमा तालिकाको पाचौँ स्थानमा छ। समान खेलबाट ४४ अंक बनाएको न्युक्यासल छैटौँ स्थानमा छ। 

गएराति भएको अर्को खेलका क्रिस्टल प्यालेसले ४–१ को जित दर्ता गरेको छ।

यस्तै ब्राइटनले एएफसी बर्नमाउथलाई र फुल्हामले वुल्भ्सलाई समान २–१ गोल अन्तरले नै हराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad