गोलरक्षक दीप कार्की बुटवल लुम्बिनी एफसीमा अनुबन्ध भएका छन्।
क्याटोगोरी ए का दीपमाथि अक्सनमा कुनै बोली नलगाएपछि विस लिष्टबाट बुटवल पुगेका हुन्। उनले न्युनतम २ लाख रुपैयाँ पाउनेछन्।
विस लिष्टबाट पोखरा र बुटवलले गोलरक्षक दीप कार्कीमाथि बोली लगाएका थिए। उनी गोलाप्रथाबाट बुटवल पुगे।
एनएसएलको अक्सनमा क्याटोगोरी ए का ४ र क्याटोगोरी बी का १७ खेलाडी अनसोल्ड भएका थिए।
अनसोल्ड भएका खेलाडी मध्यबाट विस लिष्टबाट क्लबले खेलाडी रोजेका थिए।
विस लिष्टबाट सन्दीप कार्की १ लाख ५० हजार रुपैयाँमा बुटवल लुम्बिनी एफसीमा पुगेका छन्।
जियारथ शेख धनगढी एफसीमा पुगेका छन्। उनले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
एफसी चितवनले निरज चौधरीलाई १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको हो।
उज्ज्वल राई झापा एफसी पुगेका छन्। उनले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
Shares

प्रतिक्रिया