समाज


जनकपुरमा चिकित्सक सम्मेलन सुरु

जनकपुरमा चिकित्सक सम्मेलन सुरु

नेपालखबर
फागुन १०, २०८१ शनिबार १५:२५, धनुषा

स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले आयोजित चिकित्सकको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु भएको छ।

विशेषज्ञ चिकित्सकहरुको छाता सङ्गठन सिमोनद्वारा आयोजित सो सम्मेलनको वरिष्ठ चिकित्सक डा अशोकानन्द मिश्रले उद्घाटन गरे। सिमोनको आयोजना र मधेस प्रदेश च्याप्टरको स्थानीय सहयोगमा दुई दिने सम्मेलन सुरु भएको हो। यो सम्मेलनले चिकित्सकहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको बताइएको छ।

सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेकोे सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन्। पहिलो पटक जनकपुरधाममा आयोजना भएको सम्मेलनमा भाग लिनका लागि करिब चार सयभन्दा बढी चिकित्सकको उपस्थिति रहेकोे छ।

सम्मेलनमा नेपाल भरिका  चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ। 

सिमोनको छैटौँ राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने जनाइएको छ।

सिमोनका मधेस प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उदेश्यका साथ यो कार्यक्रम गरिएको बताए। 

यसअघि नेपालका विभिन्न भागमा यस संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेस प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कूलदीप पण्डितले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad