खेल


एनएसएल अक्सन- कुन खेलाडी कता?

मणिकुमार लामा सर्वाधिक महँगोमा बिक्री
एनएसएल अक्सन- कुन खेलाडी कता?

लक्ष्मी जि.सी
फागुन १०, २०८१ शनिबार १२:१, काठमाडौँ


फरवार्ड आशिष चापागाई गोलाप्रथाबाट काठमाडौँ रेजर्स पुगेका छन्। क्याटेगोरी बी का आशिषमाथि तीन टोलीले बोली लगाएका थिए। उनी २ लाख रुपैयाँमा बिक्री भएका हुन्। 

फरवार्ड राजीव लोप्चन एनएसलमा अनसोल्ड भएका छन्। क्याटेगोरी बी का उनी अनसोल्ड भएका हुन्। 

मिडफिल्डर मणिकुमार लामा सर्वाधिक महँगोमा बिक्री भएका छन्। शनिबार जारी एनएसएलको मिनी अक्सनमा मणि गोलाप्रथाबाट ललितपुर सिटी एफसी पुगेका छन्।

दुई टोलीले उनीमाथि बोली लगाएका थिए। क्याटेगोरी ए का मणि सर्वाधिक ४ लाख रुपैयाँमा बिक्री भए। 

उनी अघिल्लो सिजन बुटबल लुम्बिनीबाट खेलेका थिए। 

मिडफिल्डर शिशिर लेखी एफसी चितवनबाट एनएसएल खेल्ने भएका छन्। उनी २ लाख रुपैयाँमा चितवन पुगेका हुन्। क्याटेगोरी बी का शिशिरमाथि सात टोलीले नै बोली लगाएका थिए। 

गोलरक्षक जियारथ शेख एनएसएलमा अनसोल्ड भएका छन्। क्याटेगोरी बी का जियारथमाथि १ लाख ५० हजार रुपैयाँमा कुनै टोलीले बोली लगाएनन्। 

डिफेन्डर योगेश गुरुङ ललितपुर सिटी एफसी पुगेका छन्। योगेश २ लाख रुपैयाँमा ललित पुगेका हुन्। क्याटेगोरी बी का योगेशमाथि चार टोलीले बोली लगाएपछि उनी गोलाप्रथाबाट ललितपुर पुगेका हुन्। यसअघि उनी झापा र धनगढीबाट एनएसएल खेलेका थिए। 

मिडफिल्डर सुदीप गुरुङ गोलाप्रथाबाट ललितपुर सिटी एफसी पुगेका छन्। २ लाख रुपैयाँमा चार टोलीले बोली लागेपछि उनी ललितपुर पुगेका हुन्। 

मिडफिल्डर चन्दन दास १ लाख ५० हजार रुपैयाँमा पोखरा थन्डर्स पुगेका छन्। क्याटेगोरी बी का चन्दनमाथि पोखराले मात्र बोली लगाएको हो। अघिल्लो सिजन बुटवलबाट उनले एनएसएल खेलेका थिए। 

मिडफिल्डर प्रदीप लामालाई २ लाख रुपैयाँमा बुटवल लुम्बिनीले खरिद गरेको छ। क्याटेगोरी ए का प्रदीप अघिल्लो सिजन झापाबाट एनएसएल खेलेका थिए। 

फरवार्ड जर्ज प्रिन्स कार्की १ लाख ७० हजारमा धनगढी एफसी पुगेका छन्। क्याटेगोरी बी का जर्ज प्रिन्सलाई धनगढीले खरिद गरेको हो। 

डिफेन्डर विमल पाण्डे २ लाख रुपैयाँमा बुटवल लुम्बिनी पुगेका छन्। क्याटेगोरी बी का विमललाई लिन चार टोलीले चासो देखाएपछि गोलाप्रथाबाट विमल बुटवल पुगेका हुन्। 

मिडफिल्डर उज्ज्वल राई एनएसएलमा बिक्री भएनन्। क्याटेगोरी बी का उज्ज्वललाई १ लाख ५० हजारमा लिन कुनै टोली तयार भएन।

डिफेन्डर राम थापा पोखरा थन्डर्सबाट एनएसएल खेल्ने भएका छन्। क्याटेगोरी बी का उनलाई पोखराले १ लाख ५० हजार रुपैयाँमा खरिद गरेको हो। 

डिफेन्डर दीपेश धिमाल झापा एफसी पुगेका छन्। क्याटेगोरी बी का दीपेशलाई लिन चार टोलीले चासो देखाएपछि गोलाप्रथाबाट उनी झापा पुगेका हुन्। दीपेश २ लाख रुपैयाँमा बिक्री भए।

गोलरक्षक विकेश कुथु एनएसएलको मिनी अक्सनमा अनसोल्ड भए। 

क्याटेगोरी ए का विकेशलाई २ लाख रुपैयाँमा खरिद गर्न कुनै टोलीले चासो देखाएनन्।

राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ एनएसएलमा अनसोल्ड भए। क्याटेगोरी बी का नवयुगलाई १ लाख ५० हजार रुपैयाँमा खरिद गर्न कुनै टोलीले चासो नदेखाएपछि उनी अनसोल्ड भएका हुन्। 

मिडफिल्डर अविनास स्याङतानले झापा एफसीबाट एनएसएल खेल्ने भएका छन्। क्याटेगोरी बी का अविनास १ लाख ५० हजारमा झापा पुगेका हुन्। 

यस्तै मिडफिल्डर फत्तेमान घले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने भएका छन्। क्याटेगोरी बी का उनी १ लाख ५० हजारमा बुटबलले किनेको हो। 

मिडफिल्डर मिलन राईले एफसी चितवनबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। क्याटेगोरी बी का उनी २ लाख रुपैयाँमा चितवनबाट खेल्ने पक्का भएको हो।

शनिबार भएको अक्सनमा मिलन गोलाप्रथाबाट चितवनमा पुगेका हुन्। अघिल्लो सिजन धनगढी एफसीबाट खेलेका थिए। 

मिनी अक्सनमा ६० जना खेलाडीमाथि बोली लाग्नेछ। एनएसएलको तेस्रो संस्करण आगामी चैत १६ मा सुरु हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad