खेल


बुटवल लुम्बिनी फुटबल क्लबको मुख्य प्रशिक्षकमा पुष्पलाल शर्मा

बुटवल लुम्बिनी फुटबल क्लबको मुख्य प्रशिक्षकमा पुष्पलाल शर्मा

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १२:४३, काठमाडौँ

बुटवल लुम्बिनी फुटबल क्लबको मुख्य प्रशिक्षकमा पुष्पलाल शर्मा नियुक्त भएका छन्।
 
क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शर्मालाई नेपाल सुपर लिग (एनएसएल)का लागि मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो।

एएफसी प्रो–लाइसेन्स प्राप्त शर्मा भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए। 

शर्मा भुटान फुटबल महासंघ तथा राष्ट्रिय टोलीमा कोचिङ, खेलाडी विकास, र रणनीतिक व्यवस्थापनमा अनुभवी छन्। 

शर्माको नेतृत्वमा क्लबले युवा खेलाडीहरूको प्रतिभा पहिचान, प्रशिक्षण संरचना सुधार, तथा खेलाडीहरूको दीर्घकालीन उन्नति सुनिश्चित गर्ने लक्ष्य लिएको छ।  

क्लबले मार्की खेलाडीमा मनिष डाँगीलाई अनुबन्ध गरिरहेको छ। टोलीमा एरिक बिस्ट, निराजन धामी र सरोज तामाङलाई निरन्तरता दिएको छ।  

क्लब व्यवस्थापनले प्रशिक्षक शर्माको नेतृत्वमा दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गर्दै, बुटवल लुम्बिनी फुटबल क्लबलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थप मजबुत बनाउने लक्ष्य राखेको छ।  

बुटवल लुम्बिनीले बुटवलमा टेक्निकल डायरेक्टर यम गुरुङको नेतृत्वमा तीन स्थानमा यू–१२ देखिका एकेडमी चलाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad