कला


अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेसडर बने ‘माग्ने बुढा’ र ‘चन्द्रमुखी’

अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेसडर बने ‘माग्ने बुढा’ र ‘चन्द्रमुखी’

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १२:५१, काठमाडौँ

चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) र सीतादेवी तिमल्सेना (चन्द्रमुखी) अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्रान्ड एम्बेसडर बनेका छन्। कम्पनीले माग्ने बुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो। 

६ वर्षदेखि अस्ट्रेलियामा सेवा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख विष्णु प्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे।

होम लोन, बिजनेस लोन, कमर्सियल लोन, इन्भेस्टमेन्ट लोन, एसएमएसएफ लोन र डेभलपमेन्टलगायतका लोनसम्बन्धी विभिन्न सेवा दिँदै आइरहेको फिन कनेक्स फाइनान्सियलको केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा छ। यसले अस्ट्रेलियाको मेलबर्न, एडिलेड र ब्रिस्बेन लगायतका सहरहरूबाट लोनसम्बन्धी काम गर्दै आइरहेको छ। 

यो संस्था अस्ट्रेलियाका ४० भन्दा बढी बैकहरूसँग आबद्ध छ। अस्ट्रेलियामा पीआर हात पर्नासाथ घर किन्ने धेरैको सपनालाई फिन कनेक्सले पूरा गर्दै आइरहेको जनाएको छ। पछिल्लो पाँच वर्षको अवधिमा यो कम्पनीले ५ सयभन्दा बढीलाई घर किन्नको लागि साथ दिइसकेको छ।

अस्ट्रेलियामा नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा आफूहरु नेपालीहरूकै सस्थासँग जोडिन पाएकोमा कलाकार केदार घिमिरे र सीतादेवीले प्रसन्नता व्यक्त गरे।

कलाकार दम्पतीले अब कम्पनीको प्रचारप्रसारमा साथ दिनेछ भने चाँडै अस्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad