खेल


गिलको शतकपछि च्याम्पियन्स ट्रफीमा भारतको विजयी सुरुवात

गिलको शतकपछि च्याम्पियन्स ट्रफीमा भारतको विजयी सुरुवात

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १२:२५, काठमाडौँ

शुभमन गिलको शतक सहयोगमा भारतले आईसीसी च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। 

बिहीबार राति सम्पन्न खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो।

बंगलादेशले दिएको २ सय २९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

शुभमन १ सय २९ बलमा ९ चौका र २ छक्का सहयोगमा १ सय १ रनमा अविजित रहे।
 

४१ बलमा १ चौका र २ छक्का प्रहार गरेका केएल राहुल ४१ रनमा नटआउट रहे। कप्तान रोहित शर्मा ३६ बलमा ७ चौका प्रहार गर्दै ४१ रन बनाउँदै पेभेलियन फर्के। विराट कोहली २२, श्रेयस ऐयर१५ र अक्षर पटेल ८ रनमा आउट भए। 

बंगालदेशका रिसद हौसेनले २ विकेट लिए। तास्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि युएईस्थित दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेश २ बल अगावै २ सय २८ रन बनाउँदा अलआउट भयो। 

बंगलादेशका तोहित ह्दोयले शतकिय योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्। उनले १ सय १८ बलमा ६ चौका र २ चौका सहयोगमा शतक पूरा गरेका थिए। भारतविरुद्ध शतक पूरा गरेका उनी हर्सित रानाको बलमा मोहम्मद सामीको हातबाट क्याच आउट भए। 

जोकर अलीले ६८ र तान्जिद हसनले २५ रन थपे। सौम्या सरकार, कप्तान नज्मुल होसैन सान्टो र तान्जिम हसन सकिब शुन्य रनमा नै पेभेलियन फर्के। 

बंगलादेशलाई कम स्कोरमा रोक्न मोहम्मद सामी एक्लैले पाँच विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन दिए। हर्सित रानाले ३ र अक्षर पटेलले २ विकेट लिए। 

समूह ‘ए’बाट न्युजिल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छ। 

च्याम्पियन्स ट्रफीमा आज शुक्रबार समूह ‘बी’को खेल हुनेछ। समूह ‘बी’का अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन्। 

सो खेल दिउँसो पौने ३ बजे पाकिस्तानको कराचीमा सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad