दक्षिण कोरियाका फुटबल खेलाडी ह्वाङ उइ-जोलाई आफ्नी महिला पार्टनरसँग यौनसम्पर्क गरिरहेका बेला गोप्य रूपमा भिडिओ खिचेको मुद्दामा अदालतले दोषी ठहर गरेको छ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार फुटबल खेलाडी ह्वाङलाई एक वर्षको निलम्बित जेल सजाय सुनाइएको हो।
नटिङ्घम फरेस्टका पूर्वस्ट्राइकर ३२ वर्षीय उनी अहिले टर्किस क्लब अलान्यास्पोरबाट खेल्छन्। उनी दक्षिण कोरियाली राष्ट्रिय टोलीबाट पनि खेल्छन्, तर आरोपका कारण २०२३ मा उनलाई टोलीबाट निकालिएको थियो।
सियोल अदालतले भनेको छ- गैरकानुनी छायांकनले समाजमा पार्ने गम्भीर हानिकारक प्रभावलाई ध्यानमा राख्दै ह्वाङलाई कडा सजाय दिन जरुरी छ।
अदालतले ह्वाङले पश्चाताप गरेको र भिडिओ तेस्रो पक्षले सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएकाले उनलाई केही छुट दिइएको जनाएको छ।
Shares

प्रतिक्रिया