खेल


म्यानचेस्ट सिटी रियल मड्रिडसँग ३–२ ले पराजित

म्यानचेस्ट सिटी रियल मड्रिडसँग ३–२ ले पराजित

नेपालखबर
माघ ३०, २०८१ बुधबार ५:५९, काठमाडौँ

एर्लिङ हालान्डले दुई गोल गरे पनि म्यानचेस्ट सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन संर्घष गरिरहेको छ। 

गएराति भएको प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग ३–२ ले पराजित भएपछि सिटीको अन्तिम १६ यात्रा कठिन देखिएको हो। 

रियलको जितमा केलियन एकबाप्पले, ब्राहिम डियाज र जुड बेलिङ्घमले समान एक गोल गरे। सिटीका लागि दुवै गोल हालान्डले गरे। 

खेलको पहिलो हाफमा नै १–० ले पछि परेको रियलले उदोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। 

पहिलो हाफको १९ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६० औँ मिनेटमा एमबाप्पलेको गोलमा रियल खेलमा फर्कियो। ८० औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटीले पुनः अग्रता बनाएपनि त्यसलाई लामो समय जोगाउन सकेन। 

८६ औँ मिनेटमा डियाजको गोलमा रियलले खेललाई पुनः बराबरीको स्थितीमा ल्याएको थियो। इन्ज्युरी समयमा बेलिघमले गोल गरेपछि रियलले पहिलो लेगमा संर्घषपूर्ण जित निकालेको हो। 

गएराति कै अर्को खेलमा पिएसजीले भने ब्रेस्टमाथि ३–० को फराकिलो जित दर्ता गरेको छ। 

अर्को खेलमा युभेन्टसले पिएसभीलाई २–१ ले हराउँदा बोरुसिया डर्टमुन्डले स्पोर्टिङ सिपीलाई ३–० ले नै पाखा लगाएको हो। नकआउट चरणको प्लेअफमा आज राति पनि चार खेल हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad