राज भुषालको निर्णायक गोलमा चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी आहा-रारा गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ।
पोखरा रगंशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा साविक विजेता आर्मीलाई १-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो। खेलको अन्तिम मिनेटमा नवीन लामाको कर्नरमा भुषालले हेडर गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराए।
आर्मी प्रतियोगिताबाट बाहिरिएसँगै प्रतियोगिताबाट बाहिरिने चौँथो टोली बनेको छ। यसअघि उपाधि विजेता आयोजक सहारा क्लब, सकंटा क्लब र एपीएफ फुटबल क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन्।
चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ। पुलिस क्लबले ब्रिगेड ब्वाइज युकेलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
त्यसअघि पहिलो हाफको पाचौँ मिनेटमा चर्च ब्वाइजका नवीन लामाको फ्रिकिक मिलन राईको हेडर क्रसबार माथिबाट आकासियो।
२१ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनको हेडर पनि आकासियो। २३ औँ मिनेटमा चर्च ब्वाइजका नवीन लामाको फ्रिकिक मिलनको हेडर पहिलो बारको नजिकबाट बाहिरिँदा अग्रता बनाउने मौका गुमायो। २६औँ मिनेटमा नवीनको फ्रिकिक अबायोमी
फाकुन्लेको हेडर आकासियो।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोलि मंगलबार थन्डरबोल्ट नर्थ युनाइटेड सिक्कीमले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीविरुद्ध खेल्नेछ।
Shares

प्रतिक्रिया