अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर एक मुद्दाका साक्षीले आयोगमा दिएको बयानको प्रतिकुल अदालतमा बकपत्र गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सरकारी साक्षीको रुपमा पेश गरिएका बाराका सिम्रौनगढ नगरपालिका–११ बस्ने दिपेश यादवविरुद्ध ७८ हजार रुपैैयाँ बिगो कायम गरी विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार वीरेन्द्र प्रसाद साह कानू प्रतिवादी भएको (मुद्दा नं. ०८१–सीआर००३०) घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा दिपेश यादवलाई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो।
यादवले अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ।
प्रतिवादी वीरेन्द्र प्रसाद साह कानूलाई रकम भुक्तानी दिए वापत घुस/रिसवत रकम ७८ हजार दिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (घ)बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले यादवलाई पनि सोही बराबरको बिगो कायम गरी आरोपपत्र दायर गरिएको जनाएको छ।
Shares

प्रतिक्रिया