सहारा एकेडेमीमा रहेका तेस्रो ब्याचका ६ जनाले काठमाडौँमा हुने सहिद स्मारक बी डिभिजन लिग खेल्ने भएका छन्। उनीहरूले काठमाडौँमा बी डिभिजन क्लब ब्रिगेड ब्वाइजबाट लिग खेल्ने भएका हुन्।
सहारा क्लब पोखराले सोमबार एक कार्यक्रम गर्दै क्लबलाई खेलाडी हस्तान्तरण गरेको छ। सहारा क्लबका अध्यक्ष केशव राज बरालले ब्रिगेड ब्वाइजका धनबहादुर गुरुङलाई खेलाडी हस्तान्तरण गरे।
सहारा एकेडेमीका विशाल नेपाली र सन्तोष शाही डिफेन्डरको भूमिकामा हुनेछन्। मिडफिल्डमा मुकुन्दकुमार निउरे, भागवत चौधरी, फरवार्डमा अभिशेक राना र गोलरक्षकमा अशोक रेग्मी रहनेछन्।
एकेडेमीले खेलाडी दिएबापत क्लबले २ लाख रुपैयाँ दिने सम्झौता भएको छ। खेल दौरान खेलाडी घाइते भए त्यसको उपचार क्लबले नै गर्ने सहारा क्लबले बताएको छ।
अखिल नेपाल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एकेडेमीले उत्पादन गरेको खेलाडीले लिग खेल्न पाउनु खुसीको कुरा भएको बताउँदै अन्य खेलाडी पनि उत्पादन गर्दै जान शुभकामना दिए। बी डिभिजन लिग आगामी फागुन २५ गतेदेखि सुरु हुदैँछ।


Shares

प्रतिक्रिया