खेल


नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि

नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि

नेपालखबर
माघ २७, २०८१ आइतबार ८:०, काठमाडौँ

पाल्पाको रामपुरमा भएको क्लबस्तरीय भलिबल कपको उपाधि नेपाल पुलिस क्लबले जितेको पारेको छ। उपाधिसँगै पुलिसले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

शनिबार भएको फाइनल खेलमा पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो। पुलिस क्लबले २५–२१, २५–१२ र २५–२२ अङ्कले खेल जितेको हो।  

त्रिभुवन आर्मी क्लब तेस्रो भयो।  निस्दी भलिबल क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको खेल संयोजक कमल रानाले बताए।  आर्मीले निस्दी भलिबल क्लबलाई ३–१ सेटले पराजित ग¥यो।  आर्मीले पहिलो सेट २५–२१ अङ्कले, तेस्रो सेट २५–१९ तथा चौथो सेट २५–१९ अङ्कले जितेको हो।  निस्दीले दोस्रो सेट २५–१९ अङ्कले जितेको थियो।  

प्रतियोगितामा उपविजेता भएको एपिएफ क्लबले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, तृतीय भएको आर्मीले एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा सान्त्वना हुने निस्दीले ५५ हजार पाँच सय ५५ रुपैयाँसहित पत्र प्राप्त गरेको छ।  

चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा विभागीय टोली आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लबका साथै मणिमुकुन्द भलिबल क्लब र निस्दी भलिबल क्लब सहभागी भएका थिए।  

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुलिस क्लबका रेशम छन्त्याल, उत्कृष्ट डिफेन्डर एपिएफ क्लबका विनोद चन्द, उत्कृष्ट सर्भर पुलिस क्लबका पहल गहतराज, उत्कृष्ट ब्लकर पुलिस क्लबका सफल विक, उत्कृष्ट सेटर एपिएफ क्लबका दिपेश कुँवर, उत्कृष्ट स्पाइकर आर्मी क्लबका धनबहादुर भट्ट र उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका चन्द्र कुँवर घोषित भए। 

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजना, रामपुर नगरपालिकाको संरक्षण, जिल्ला भलिबल सङ्घको सहआयोजना, नगर खेलकुद विकास समिति रामपुर र रामपुर भलिबल सङ्घको समन्वयमा यही माघ २१ गतेदेखि भलिबल कप सुरु भएको थियो। 

विजयी टोली तथा खेलाडीलाई लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, रामपुरका नगर प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना र रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad