समाज


चितवनमा बस दुर्घटना: घाइते सबैको पहिचान खुल्यो (नामावली)

चितवनमा बस दुर्घटना: घाइते सबैको पहिचान खुल्यो (नामावली)

सुनिता विष्ट
माघ २७, २०८१ आइतबार ८:३३, हेटाैँडा

आज बिहान चितवनमा बस दुर्घटना हुँदा घाइते हुने सबैको पहिचान खुलेको छ। 

नारायणगढ मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका -२९ सेतिदोभान भन्ने ठाउँमा आइतबार बिहान पौने पाँच बजे लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्याल्य चितवनले जनाएको छ।  

सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारको लागि चितवन मेडिकल कलेजमा पुर्याएको छ। बसमा २९ जना  यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए।

घाइते हुनेहरुमा दैलखकी ३० वर्षीया निशा शाही (अनुहारमा चोट, अवस्था मध्यम), बर्दिया मधुवनका ४१ वर्षका सेतु बहादुर घर्ती मगर (अनुहारमा चोट, अवस्था मध्यम), बर्दिया बाँसगढीकी ३० वर्षकी गिता राउत ओली (बायाँ खुट्टामा भित्री चोट, अवस्था मध्यम), राप्ती सुनारीकी ३८ वर्षीया पार्वती राजकोटी (अनुहारमा चोट, अवस्था मध्यम) र बर्दिया बाँसगढीका ३९ वर्षका दिनेश बहादुर रिजाल (अनुहारमा चोट, अवस्था मध्यम) रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए। 

यस्तै, नुवाकोटकी २३ वर्षीया रञ्जना महत्तो (सामान्य अवस्था),बाँकेका ३१ वर्षका राम लखन चौधरी (टाउकोमा बाहिरी चोट, अवस्था मध्यम), नुवाकोट बिदुरकी २८ वर्षकी प्रियना तामाङ (टाउकोमा बाहिरी चोट, अवस्था मध्यम), बाँके कोहलपुरका ३८ वर्षका पूर्णबहादुर मल्ल (अनुहारमा चोट, अवस्था मध्यम, बोल्न सक्ने), बाँकेकी २५ वर्षकी पूजा कठायत (अनुहार र टाउकोमा चोट, बोल्न सक्ने) र सोही स्थानकी ३४ बर्षकी राधा शाही (बाहिरी चोट देखिएको छैन, अवस्था मध्यम) रहेको प्रहरीले जनाएको छ।

यस्तै, बर्दियाका ३१ वर्षका एमन राना (घुँडामा चोट, अवस्था सामान्य), बाँकेका ३५ वर्षका दिल कुमारी मगर (निधारमा चोट, बोल्न सक्ने, अवस्था सामान्य), सोही स्थानका १४ वर्षका अभिषेक मगर (अनुहारमा चोट, अवस्था सामान्य, बोल्न सक्ने), १२ वर्षकी अस्मी मगर (बायाँ हातमा चोट, अवस्था सामान्य), बाँके कोलपुरका १७ वर्षका मनन बुढा क्षेत्री (अनुहारमा चोट, अवस्था मध्यम), कैलाली लम्कीचुवाका १८ वर्षका महेश कठायत (अनुहारमा चोट, अवस्था मध्यम), सोही स्थानका ६९ वर्षका नक्खी बुढा मगर (गालामा चोट, अवस्था सामान्य) र सुर्खेत वीरेन्द्रनगरका ३७ वर्षका रमेश चौधरी ( अवस्था सामान्य) रहेको प्रहरीले जनाएको छ। 

यस्तै, बर्दियाका नेपालगञ्जकी ३९ वर्षीया रिता घर्ती, काठमाडौँ चन्द्रागिरीका ५० वर्षका पारस पाण्डे, सुर्खेत चिनगाडका २४ वर्षका दुर्गा बहादुर साउद रहेका छन्। यस्तै बस चालक बाँके कोहलपुरका २७ वर्षका राजन गिरी, बस स्टाफ ५१ वर्षका इन्द्रबहादुर थापा मगर, बस स्टाफ सल्यानका २५ वर्षका सुजन खत्री रहेको चितवन प्रहरीले जनाएको छ। 

सबै घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन्। अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केहीको अवस्था सामान्य रहेको छ। घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, बसको चालकतर्फको अगाडिको टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad