खेल


त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८१ बुधबार १२:४२, काठमाडौँ

महिला त्रिकोणात्मक टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ४२ रन बनाएको छ। 

यसअघिका चारवटै खेलमा पराजित भएको नेपालको फाइनलमा पुग्ने सम्भावना सकिएको छ। नेदरल्यान्ड्स र थाइल्यान्डसँग समान दुई खेलमा नेपाल पराजित भइसकेको छ।

नेपालले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेलिरहेको हो भने थाइल्यान्डसँग पनि अन्तिम खेल बाँकी छ। तीन टोलीले एकअर्काविरुद्ध समान तीन खेल खेलेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्। 

थाइल्यान्ड र नेदरल्यान्ड्सले फाइनलमा खेल्ने पक्का भइसकेको छ। बुधबार नेदरल्यान्ड्सविरुद्ध पनि नेपालका दुवै ओपनर सस्तैमा आउट भए। 

ओपनर सम्झना खड्का ६ रनमा र ममता चौधरी १ रनमा आउट भएपछि ब्याटिङमा कप्तान इन्दु बर्मा र पूजा महतो आएका छन्। पूजा २२ रन र इन्दु १२ रनमा खेलिरहेका छन्। 

नेपालका दुवै ओपनरलाई आइरिस ज्विलिङले आउट गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad