अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै गरिएको अवैध आप्रवासीलाई आफ्नै देश फर्काउने कामअन्तर्गत भारतीयहरूलाई फिर्ता गरिएको छ। अमेरिकामा कागजात नभएर बसिरहेका भारतीयहरू बोकेको सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।
त्यहाँका सुरक्षा अधिकारीहरूले डिपोर्ट भएका भारतीयहरूको सूची जाँच गरिसकेका छन् भने उनीहरू कुनै अपराधमा नजोडिएको पनि पुष्टि गरेका छन्।
रविदास विमानस्थलमा ओर्लिने केही भारतीयलाई भारतीय प्रहरीको गाडीमा उनीहरूकै गाउँसम्म पुर्याउनेछ। अन्य राज्यका नागरिकलाई भने विमानमार्फत नै घर पठाइने बताइएको छ।
बीबीसीका अनुसार विमानस्थलमा सुरक्षा अवस्था कडा पारिएको छ। मिडियालाई प्रवेश अनुमति पनि दिइएको छैन। तर, डिपोर्ट भएर आएकाहरूसँग विमानस्थल बाहिर केहीबेर कुराकानी गर्न दिइने बताइएको छ।
पन्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारबारे प्रश्न गर्दा गम्भीर काम भएको जवाफ दिए।
त्यस्तै पञ्जाबका डीजीपी गौरव यादवले मुख्यमन्त्रीलाई उदृत गर्दै आफ्ना नागरिकलाई सरकारले मैत्रीपूर्ण रुपमा स्वागत गर्ने बताए।
Shares

प्रतिक्रिया