खेल


फिल्डिङ र फिटनेस कमजोर हुँदा लगातार हारिरहेका छौँ : रुविना क्षेत्री

फिल्डिङ र फिटनेस कमजोर हुँदा लगातार हारिरहेका छौँ : रुविना क्षेत्री

नेपालखबर
माघ २२, २०८१ मंगलबार १६:३८, काठमाडौँ

क्रिकेटर रुविना क्षेत्रीले राष्ट्रिय महिला क्रिकेट टिममा फिल्डिङ र फिटनेसको समस्या भएको बताएकी छन्। नेपाल महिला टी २० अन्तर्राष्ट्रिय त्रिदेशीय शृखलाअन्तर्गत थाइल्यान्डसँग दोस्रोपटक पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

'लगातार हार्दा धेरै दु:ख लागेको छ। हामी राम्रो खेल्ने प्रयासमा छौँ। केही सुधार गर्नुपर्ने छ,' उनले भनिन्,' फिटनेस र  फिल्डिङ राम्रो नहुँदा हारिरहेका छौँ।'
उनले पछिल्ला धेरै खेलहरूमा थोरै रनबाट हार बेहोर्नुलाई फिल्डिङ र फिटनेस नै कारण भएको बताइन्।   


 उनले नेपालको टिम आफूभन्दा बलिया राष्ट्रसँग खेल्नुलाई उपलब्धि मान्नुपर्ने पनि बताइन्। हारको कारण ब्याटिङ नचल्नु पनि एक भएको उनको भनाइ छ। 

'ब्याटिङमा जति रन दिए पनि चेज गर्न सक्छौँ भन्ने लाग्थ्यो। अहिले हामी १०७ रनमा पनि हार्न पुग्यौँ। अब ब्याटरमा धेरै सुधार गर्न जरुरी छ' उनले भनिन्। 

आजको खेलमा नेपाललाई थाइल्यान्डले टस जितेर फिल्डिङको निम्तो दिएको थियो। आज नेपालले युवा बलर रचना कुमारी चौधरीलाई डेब्यु गराएको थियो।  आजको हारसँगै नेपालको हार संख्या चार पुगेको छ।  

नेपालको आजको प्लेइङ ११ मा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता जोशी, मनिषा उपाध्याय, रोमा थापा, ममता चौधरी र रचना कुमारी चौधरी थिए। 

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले थाइल्यान्डसँग पाँच रनको हार बेहोरेको हो। खेलमा थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad