खेल


भुटानको आरटीसी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

भुटानको आरटीसी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

नेपालखबर
माघ २१, २०८१ सोमबार २१:१६, विराटनगर

भुटानको आरटीसी फुटबल क्लब २५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वार्टर फाइनलमा इटहरीको राष्ट्रिय जागृति क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै भुटानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

आरटीसीको सहज जसमा सोनाम योसी, सोनाम जुगरुल चावजाङ, कर्मा टी जाम्सो र नोयडा योसेलले गोल गरे। योसीले खेलको ९औँ, चावजाङले ५३औँ, जाम्सोले ६१औँ र योसेलले ७०औँ मिनेटमा गोल गरेका थिए। इटहरीका लागि एक मात्र गोल एलेक्सले ७७ औँ मिनेटमा गरे। पहिलो हाफमा १–० ले पछि परेको इटहरीमाथि दोस्रो हाफमा आरटीसी हाबी भएको थियो।

खेलको म्यान अफ द म्याच आरटीसीका सोनाम योसीले नगद १० हजार रुपैयाँ पाए। आरटीसीले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग बुधवार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। त्यसअघि मङ्गलवारको अन्तिम क्वार्टर फाइनल खेल डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच हुनेछ।

माघ २६ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने र विधागत रूपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad