मेक्सिकोकी राष्ट्रपति क्लाडिया साइनबमले अमेरिकाले घोषणा गरेको २५ प्रतिशत भन्सार महसुल एक महिनालाई रोकिएको बताएकी छन्।
ट्रम्पसँगको वार्तापछि महसुल कार्यान्वयन रोकिएको उनको भनाइ छ।
त्यसका लागि मेक्सिकोले थप १० हजार सैनिक सीमामा तैनाथ गर्ने सहमति भएको उनले एक्समार्फत जानकारी दिएकी छन्।
उनीहरुलाई अमेरिकामा लागुपदार्थ फेन्टानिल भित्रिनबाट रोक्ने कार्यभार दिइने उनको भनाइ छ।
त्यस्तै, अमेरिकाले मेक्सिकोमा अत्याधुनिक हतियार तस्करी हुन नदिने वाचा गरेको पनि साइनबमले जानकारी दिएकी छन्। एजेन्सी
804
Shares

प्रतिक्रिया