पोखरामा जारी पाचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।
महिलातर्फ भने आयोजक टाइगर ग्रुप र एपीएफ क्लब भिड्नेछन्। महिलातर्फको फाइनल खेल बिहान ११ बजे सुरु हुनेछ। पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे हुनेछ।
पोखरा रगंशालास्थित भलिबल कोर्टमा शनिबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले फाइनल स्थान पक्का गरेको हो। 
गण्डकीले पहिलो सेट २५–१६ ले जित्यो। दोस्रो सेट भने २२–२५ ले आर्मीलाई सुम्पेको थियो। तेस्रो सेटमा २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै गण्डकी उपाधि नजिक पुगेको हो।
गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ। तेस्रो बनेसँगै आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ।
शनिबार नै सोही कोर्टमा भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोट्र्सलाई ३–१ को सेटमा हराउँदै टाइगर ग्रुप फाइनलमा पुगेको हो।
पहिलो सेट सेट १६–२५ ले गुमाएको आयोजक टोलीले त्यसपछिका सेटमा लगातार पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको हो।
आयोजक टोलीसँग पराजित भएको न्यू डायमण्डले तेस्रो बन्दै १ लाख ८५ हजार ५५५ रुपैयाँ गर्नेछ।
Shares

प्रतिक्रिया