प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारहरूले माग गरेका कानुन चाँडै बन्ने बताएका छन्।
शनिबार विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा सभामुख घिमिरेले अध्यादेश संसद् नभएको समयमा ल्याउन सकिने जिकिर गरे।
‘अध्यादेश ल्याउनै नपाईने भन्ने हुँदैन’, उनले भनेर, ‘संसद् नभएका समयमा ल्याइएका अध्यादेशहरू संसद्मा पेस भएर छलफल हुन्छ।’
अध्यादेश सदन नभएको बेला जरुरी परेर ल्याइने बताएका घिमिरेले संसद् सुचारु भएपछि कि फिर्ता र कि छलफल हुने बताए।
घिमिरेले संसदीय समितिमा १४ वटा विधेयक छलफलमा रहेको भन्दै क्यालेन्डर अनुसार संसद् सञ्चालन भइरहेको उनको दाबी गरे।
72
Shares

प्रतिक्रिया