खेल


नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

नेपालखबर
माघ १७, २०८१ बिहिबार १४:०, काठमाडौँ

नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८ रनको लक्ष्य दिएको छ। 

थाइल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सम्मिलित टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा २० ओभरमा ४ विकेट क्षतिमा नेदरल्यान्ड्सको महिला टोलीले १५७ रन बनाएको हो। 

रोबिन रिज्कीले ५९, स्टिरी क्यालिसले २९, आइरिस ज्विलिङले ३१ र हिथर सिजर्सले २३ रन बनाएपछि नेदरल्यान्ड्सले बलियो चुनौती पेस गरेको हो। 

नेपालका लागि कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले समान १ विकेट लिए। 

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। दोस्रो ओभर खेलिरहेको नेपाल विना विकेट क्षतिमा ५ रन बनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad