खेल


टाइगर कप भलिबलः महिलातर्फ आयोजक र एपीएफ पहिलो क्वालिफायरमा

एलिमिनेटरमा न्यू डायमन्ड र पुलिस
टाइगर कप भलिबलः महिलातर्फ आयोजक र एपीएफ पहिलो क्वालिफायरमा

नेपालखबर
माघ १५, २०८१ मंगलबार १३:३६, काठमाडौँ

टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित हो।

योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपीएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ। पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ।

लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३-३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो। उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यू डायमन्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ।

आजै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटले पराजित गरेको थियो। अहिले पुरुषतर्फको गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच खेल जारी छ।

त्यसपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad