राजनीति


कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस र माओवादीको नोकझोक

कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेस र माओवादीको नोकझोक

नेपालखबर
माघ १५, २०८१ मंगलबार १३:४३, काठमाडौँ

संसद्को हिउँदे अधिवेशनको बैठकबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेस र माओवादीबीच नोकझोक चलेको छ। 

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक र माओवादीका प्रमुख सचेतकबीच सरकारले ल्याएको अध्यादेशलाई लिएर भनाभन भएको हो। 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकमा सरकारले अध्यादेश ल्याएकोमा आलोचना गर्दा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अब सदन अध्यादेशबाटै चल्ने बताएका थिए। 

‘सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतकले अब सदन अध्यादेशबाट नै चलाउने हो भन्नुभयो,’ बैठकपछि उनले सञ्चारकर्मीहरूसँग भने, ‘मैले प्रतिप्रश्न गरेँ–यो भन्दा अगाडि संसद् विघटन भएकै थियो। अहिले ६–६ वटा अध्यादेश आएकै छ।’ 

पाण्डेले थपे, ‘संसद् बैठक बोलाउने यति थोरै समयमा अध्यादेश किन आउनुपर्‍यो भनेर भनेपछि सदनमा विधेयक छिटो नआएपछि सरकारले अध्यादेश ल्याएरै चलाउँछ भन्नुभयो।’

घिमिरेको उक्त भनाइमा आफूले प्रतिप्रश्न गरेको पाण्डेको भनाइ छ। उनले भने, ‘यो हाम्रो लागि महत्वपूर्ण विषयवस्तु भएकाले मैले प्रतिप्रश्न गरेँ– के हो यो ? अब अध्यादेशबाटै सबै लैजान खोजेको हो?’

पाण्डेले अब यो विषयलाई आफूहरुले संसद् बैठकमा गम्भीर ढंगले उठाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad