नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमकी नियमित कप्तान इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी–२० सिरिज खेल्न लागेको हो।
आगामी शुक्रबारदेखि हुने त्रिदेशीय सिरिजमा हालै मलेसियामा जारी यू-१९ विश्वकप खेलेर फर्किएका कप्तान पूजा महतो र उपकप्तान एलिसाकुमारी यादव पनि समेटिएका छन्।
यस्तै टोलीमा रुविना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, रोमा थापा, मनिसा उपाध्याय र ईश्वरी विष्ट छन्।
213
Shares

प्रतिक्रिया