राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन र चैतमा जनजीविकाका सवालहरुलाई लिएर विरोध प्रदर्शन र विरोधसभाहरु गर्ने भएको छ।
राप्रपाको तीन दिन (माघ ११, १२ र १३ गते) बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुनमा प्रदेश र स्थानीय तह तथा चैतमा काठमाडौँ केन्द्रित विरोसभा गर्ने निर्णय गरेको हो।
‘राप्रपाले आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकार समक्ष पेसगरेको ४० बॅुदे माग र जनजीविकाका सवालहरुलाई लिएर विरोध सभाका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ,’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा हुनेछ भने चैत महिनामा काठमाडौँ केन्द्रीत कार्यक्रम गर्ने निर्णय गरेको छ। काठमाडौँ केन्द्रीत कार्यक्रमको स्वरुप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्नेछ।’
त्यस्तै राप्रपाले २०८२ बैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने र केन्द्रीय सदस्यहरुलाई ७७ वटै जिल्लामा पर्यवेक्षकको रुपमा खटाउने निर्णय गरेको हो।
यस्ता छन् राप्रपा बैठकका निर्णयहरुः


Shares

प्रतिक्रिया