खेल


यू-१९ विश्वकप : अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालको सहज जित

यू-१९ विश्वकप : अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालको सहज जित

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १४:३५, काठमाडौँ

आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियाले सहजै पराजित गरेको छ। मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो। 

नेपालको जितमा कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ओपनर साना प्रभीन १ रन र सावित्री धामी ३ रनमै आउट भइन्। ज्योत्स्निका मरासिनीले ७ बलमा ७ रन बनाउँदा सीमाना केसी ४ रनमा अविजित रहिन्। मलेसियाका लागि तीनवटै विकेट मार्स्याले लिइन्। 

त्यसअघि जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ४५ रन बनाउँदा अलआउट भएको थियो। 

मलेसियालाई ४ ओभर खेल्न बाँकी हुँदै अलआउट गर्दा नेपालकी कप्तान पूजा महतोले ४ तथा रचना चौधरीले ३ विकेट लिए। सीमाना केसी र रिया शर्माले समान एक विकेट लिँदा एक विकेट रन आउट गराएको थियो। 

मलेसियाका लागि नुरिमानले १५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले ५ रन माथि बनाउन सकेनन्। मलेसियाका तीन ब्याटर शून्य रनमै आउट भए। 

नूर इज्जातुल स्याफिका ४ तथा  ऐन र ब्याट्रिसियाले समान १ रन बनाए। 

त्यसअघि नुनीले ४ रन बनाउँदा हुस्ना र कप्तान नूर दानिया सुहादाले समान ५ रन बनाए। 

प्लेअफपछि चार टोलीको १३ औँदेखि १४ औँ स्थानसम्म तय हुनेछ। १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad