भारतमा भएको खो खो विश्वकपमा भारतसिँग पराजित हुँदै नेपाली महिला टोली उपविजेता बनेको छ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार साँझ घरेलु टोलीसँगको फाइनलमा पराजित भएपछि नेपालको च्याम्पियन बन्ने सपना अधुरै बन्न पुगेको हो।
सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको नेपाली महिला टिम भारतसँग ७८–४० अंकले पराजित भयो। नेपाल र भारत दुवै अपराजित रहँदै फाइनलमा भिडेका थिए।
समूह सीमा रहेको नेपालले समूहमा भुटान, जर्मनी, श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा इरानलाई र सेमिफाइनलमा युगान्डालाई पराजित गरेको नेपाल उपाधि भिडन्तमा भने सफल भएन।
यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गरेको थियो।
क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अङ्कले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अङ्कले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० अङ्कले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अङ्कले पराजित गरेको थियो।
अहिले नेपालको पुरुष टोलीले उपाधिका लागि आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ।
Shares

प्रतिक्रिया