ad ad

खेल


फिलिपिन्समा हुने भनिएको ब्याडमिन्टन एसिया च्याम्पियनशिप स्थगित

फिलिपिन्समा हुने भनिएको ब्याडमिन्टन एसिया च्याम्पियनशिप स्थगित

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ८:५,

विश्वव्यापी रुपमा कोरोनाभाइरसको महामारी फैलिएसँगै फिलिपिन्सको मनिलामा हुने भनिएको ब्याडमिन्टन एसिया च्याम्पियनसिप स्थगित भएको छ।

ब्याडमिन्टन एसिया कन्फेडेरेसनका अध्यक्ष एन्टोन सुबोले च्याम्पियनसिप पछिल्लो विषम परिस्थितिमा गर्न उपयुक्त नहुने भएकोले स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

यसबारे थप जानकारी पछि गराउने कन्फेडेरेसनले जनाएको छ। उक्त च्याम्पियनसिप यसअघि चीनको वुहानबाट फिलिपिन्सको मनिला सारिएको थियो।

कोरोना भाइरसको कारण फिलिपिन्स ब्याडमिन्टन एसोसिएसनले ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२० नगर्ने जनाएपछि स्थगित गर्नुपरेको हो।

यसअघि सन् २०२० को अप्रिल २१ देखि २६ सम्म चीनको वुहानमा प्रतियोगिताको मिति तोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .