ad ad

कारोबार


कोरोना असरः मनकामना केबलकार सेवा शनिबारबाट बन्द हुने

कोरोना असरः मनकामना केबलकार सेवा शनिबारबाट बन्द हुने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ७:५१,

नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रालिले कोरोना आगामी भोलि शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द गर्ने भएको छ।

विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको कम्पनीको भनाइ छ।

स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शन प्रा.लि.ले सामाजिक व्यवसायिक उत्तरदायित्व महसुस गर्दै पहिलेदेखि कोभिड १९ को प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै केबलकार सेवा सञ्चालन गर्दै आएकोमा हालको परिप्रेक्ष्यमा भाइरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस् भन्ने हेतुले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ।

केबलकार सेवा चैत ३० सम्मको लागि केवुलकार सेवा स्थगित गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .