खेल


थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

थाइल्यान्डबाट ६ खेलाडी एनकेएल खेल्न आइपुगे

नेपालखबर
पुस २३, २०८१ मंगलबार १६:१३, काठमाडौँ

एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन्।

विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्राएको हो। तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन्। त्यस्तै, रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट एनकेएल खेल्दैछन्।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीकाअनुसार यसअघि नै बंगलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसकेका छन्। विदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उनले बताए।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजन सुरु हुनेछ । फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad