रश्मीकुमारी घिसिङको ह्याट्रिक गोलमा एपीएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा बागमती युवा क्लबमाथि सहज जित हात पारेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा एपीएफले वालिङमाथि ५-१ को सानदार जित दर्ता गरेको हो।
एपीएफको जितमा रश्मीले ह्याट्रिक गर्दा गीता राना र सविता राना मगरले समान एक÷एक गोल गरे। बागमतीका लागि पुष्माकुमारी खड्काले एक गोल फर्काईन्।
एपीएफले लिगमा जितको सुरुवात गर्दा बागमतीले भने लगातार दोस्रो हार व्यहोरेको हो। बागमती लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग २-० ले पराजित भएको थियो।
कोशी प्रदेशले लिगको अन्तिम चरणमा नाम फिर्ता लिएपछि बागमतीले लिग खेल्ने मौका पाएको हो।
लिगको अन्तिम चरणमा एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस गरि ३ विभागीय टोलीसँगै बागमती र वालिङ नगरपालिका सहभागी छन्।
५ टोली सहभागी लिगको शीर्ष ४ मा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन्। पुछारमा रहने टोली बाहिरिनेछ।
Shares

प्रतिक्रिया