कोरोना भाइरसका कारण राष्ट्रिय फुटबल टोली र इंग्ल्यान्डको ‘सी’ टोलीबीचको पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार एक सूचना जारी गर्दै आगामी जेठ १२ गतेका लागि इंग्ल्यान्डमा हुने तय भएको मैत्रीपुर्ण खेल स्थगित भएको जनाएको हो।
एन्फाले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ। एन्फा र फुटबल एसोसिएसनबीच गत माघमा दुई मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो।
दोस्रो मैत्रीपूर्ण खेल सन् २०२१ मा नेपालमा हुने सम्झौतामा उल्लेख छ। सम्झौताका लागि एफएका लरेन्स जोन्स र एन्ड्रयू स माघमा काठमाडौं आएका थिए।
नेपाली टोली र इग्ल्यान्ड ‘सी’ बीचको खेल अल्डरसट फुटबल मैदानमा हुनेछ।

प्रतिक्रिया