खेल


दीपेन्द्रले जिते कार

दीपेन्द्रले जिते कार

नेपालखबर
पुस ६, २०८१ शनिबार १६:३३, काठमाडौँ

सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा कार जितेका छन्। 

उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाए। टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले ९ विकेट लिए। 

सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाउने भएका हुन्।

एनपीएलमा पनि दीपेन्द्र नेपालको तेस्रो बढी रन बनाउने खेलाडी हुन्।

दीपेन्द्रले ९ खेलमा २२७ रन बनाएका थिए। पहिलो खेलमा विराटनगरविरुद्ध नटआउट ५७ रन नै उच्च स्कोर बन्यो।

उनीभन्दा धेरै रन सुदूरपश्चिमकै विनोद भण्डारी र लुम्बिनीका कप्तान रोहित पौडेलले बनाए।

रोहितले २७९ रन र विनोदले २३५ रन प्रहार गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad